साझा नेटवर्क
अनिष पाठक, बागलुङ्ग मंसिर २ ।
बागलुङ्गको बडिगाड गाँउपालिका वडा नं. २ बरबोटमा आज एक गोठ जलेर नष्ट भएको छ । स्थानिय बालबालिकाले कर्ण बहादुर राना (भिम बहादुर)को गोठमा रहेको बारुलाको गोलो पोल्ने क्रम्मा आगलागि भएको खर्वाङ प्रहरी चौकीका इन्चार्ज गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

गोठमा रहेका एकहल गरु आज खेतिपातिका लागि खेतमा लगेको कारण गोठमा रहेका गरु बाहेक घासपात र दार लगाएतगरी करिब २ लाख बराबरको क्षती भएको रानाले बताए । आगलागि भएलगतै स्थानिय र प्रहरीको पहलमा १ घण्टामा नै आगो नियन्त्रमा आएको थियो ।

उक्त आगलागिबाट सोहि स्थानका भिम बहादुर राना र हिरा बहादुर रानाको घरको विद्युतको तर जलेपनि तत्काल विद्युत बन्दगरी थप क्षती हुनबाट जोगाइएको प्रहरी इन्चार्ज न्यौपानेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend