साझा नेटवर्क
आदरणीय कमरेड शंकर पोख्रेल ज्यु
क्रान्तिकारी न्यानो अभिवादन !
खै कुन शब्दले हजुरलाई सम्बोधन गरौ मेरो आफ्नो प्रदेशको पार्टी इन्चार्ज र मुख्यमन्त्री पनि हुनुहुन्छ मलाइ राजनीतिमा कम्युनिस्टको तात्कालिन कार्यदिशा हिजोको भएपनि दिर्घकालिन राजनितिक कार्यदिशा साम्यवाद नै हो । तर हाम्रो देशको बिषेशतामा विभिन्न जन आन्दोलन हुँदै विभिन्न ससत्र जनयुद्ध जन विद्रोह हुदै शान्तिप्रक्रिया र आजको नेकपाको राजनीति कार्यदिशा जनताको जनवादमा आइ पुग्दा तपाइले दियका अभिव्यक्ति राजनिती प्रशिक्षण लेनिनबादी संगठनको संरचना भित्र हुन्छन भन्ने बुझेको थिए तर तेस्तो रहेनछ ।

हजुर त ब्याक्तिबादी चिन्तन पछि पो हावी हुनुहुदो रहेछ । हुन त जबज कम्युनिस्टको राजनीति कार्यदिशामा ठिक थियो वा थियन होला तर हजुरले माक्सबादी सिद्धान्त र लेलिनबादी संगठन को मर्म बिपरित ब्याक्तिबादी चिन्तनमा उभिएर दिएका प्रशिक्षणले नै गर्दा आज म जस्ता हजारौ युवा जनयुद्धमा होमिन पुगेका थियौ भन्ने कुराको तथ्य आज आएर प्रस्ट पारिदिनु भयो हजुर लाई मुरि मुरि धन्यवाद ।
हुन त म हजुर जस्तो राजनितीको अझै कम्युनिस्टको प्रमुख पदमा बस्ने हैसियत त राख्दैन तर पनि एउटा कम्युनिस्टको कार्यकर्ता भएर सैधान्तिक बिचार र मालेमाको संगठनात्मक बिधिमा एउटा कम्युनिस्टको सच्चा कार्यकर्ता हु भन्ने कुरा प्रस्ट राख्दछु आदरणीय कमरेड पार्टीलाई फुटबाट जोगाउन हजुरले गरेका बिगतका कार्यहरु निकै सान्दर्भिक छन ।
तर आज यौटा स्टाटसले हामी जस्ता सिदा र सच्चा कार्यकर्ताले पानीमा पाइलो देखिदैन भन्ने प्रस्ट पारिदियको अनुभुती गरेउ पार्टी जोगाउन व्यक्ती बादी भन्दा लेलिन बादीलाई जोड दिए अझै हजुरको उचाइ माथी हुने थियो । आदरणीय कमरेड यो समाजिक संजाल मार्फत यो पत्र लेख्दै गर्दा कहि कतै हजुरको ब्याक्तीगत जीवनमा आच आउने शब्दहरु रहेछन भने माफी चाहान्छु तर मालेमाको खुल्ला बैचारिक ठाउमा यस्तो रहने छैन धन्यवाद ।
अमित गौतम
चन्द्रकोट-२, गुल्मी
केन्द्रिय सदस्य
प्रवासी नेपाली एकता मञ्च कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend