logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु ७ जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी कात्तिक २८ ।
गुल्मीमा जीप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर–२ मजुवाबाट हटिया तर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटनामा परेर चालक २४ वर्षका खेम गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रबीणलाल श्रेष्ठले जानकारी दिए ।

जीपमा सवार ३ जना गम्भीर घाइते भएका छन् । अन्य २ जना मध्यम र २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि पाल्पा प्रवासमा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend