साझा नेटवर्क
रमेश गिरि,प्यूठान कार्तिक २६ ।
प्युठान नगरपालिका वडा न. १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले शिलान्यास गर्नु भएकाे छ ।
प्युठान नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाकाे लक्ष्यअनुरूप प्युठान नगरपालिकाकाे सबैभन्दा विकट क्षेत्र पातिहाल्नामा ३२ लाख ४० हजार बराबरकाे लागतमा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे भवन निर्माण हुन लागेकाे हाे । याे सँगै प्युठान नगरपालिकाका सबै वडाहरूमा अाफ्नै स्वामित्वमा भवन हुनेछन् । भवनकाे शिलान्यास गर्दै नगरउपप्रमुख शान्ता आचार्यले नगरवासीहरूलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने काम पहिला देखि नै भएतापनि नगरपालिकाकै लागतमा बनेकाे भवनबाट सेवा प्रदान गर्ने उद्धेश्यले स्वास्थ्य सेवा केन्द्रकाे भवन निर्माण गर्न लागेकाे कुरा बताउनु भएकाे थियाे । सेवा केन्द्रकाे भवन तिव्र गतिमा निर्माण सम्पन्न गर्न सराेकावालासँग अाग्रह गर्नुभयाे ।
भवनकाे शिलान्यास कार्यक्रममा जनप्रतिनिधि , स्थानीय उपभोक्ताहरूकाे उपस्थिति थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend