साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान कार्तिक २६ ।
गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा नेपाल एस बि आई बैंक ठुलाबेशीको सहजीकरणमा गौमुखी गाउँपालिका १, २ र ३ वडामा सामाजिक सुरक्षा भत्ता बितरणका लागि खाता सन्चालन कार्य सम्पन्न भएको छ ।
खाता संचालनका लागि घुम्ती शिबिर संचालन गरिएको र गाउँपालिका भित्र रहेका अति जेष्ठ नागरिक ,एकल महिला र अति अपांग अशक्त रहेकाहरुको लागी निकट भबिस्यमा सामाजिक सुरक्षा भत्ता बितरण बैंक मार्फत कारोबार गरिने प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनु भयो । भौगोलिक विकटताका कारण बैंकमा आएर खाता खोल्न नसक्नेहरुका लागि गत बर्ष सम्बन्धित वडामा गएर खाता संचालन सबै वडामा घुम्ती शिबिर आयोजना गरेता पनि छुट पुट रहेकाहरुका लागि खाता संचालनमा सहजीकरण गरेको बैंकका कर्मचारी अमीत चौलागाईंले जानकारी गराउनु भयो ।
खाता संचालनका लागि ५७ बर्षका गिर बहादुर पुन अपाङ्ग लिएर आएका गौमुखी ३ रजवाराका अपाङ्गका संरक्षक खिम बहादुर पुन भन्छ्न जन्म जात आफ्नो भाइ अपाङ्ग भएको र अहिलेसम्म बचाउनमा घर परिवारको अहम भूमिका रहेको बताए । अपाङ्ग गिर बहादुरको दुबै हात खुट्टानै चल्दैन्न । त्यस्तै अर्खा १ थनिकाका राम कुमारी तामाङको २३ बर्षका छोरा नोज बहादुर तामाङको हालत नि उहीँ नै छ । अपाङ्गका संरक्षक आमा राम कुमारी भन्छिन आर्थिक अबस्था न्यून रहेको र घरमा आफू एकलै भएकाले अहिलेसम्म सम्म छोराको नागरिकता नबनाएको र खाता संचालन गर्दा नागरिकता चाहिने भएकाले आर्थिक सहयोग गरिदिन अनुरोध गरिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend