logo
  • सोमबार, असोज १२ २०८३

कृषि ज्ञान केन्द्र गुल्मीद्वारा स्थानीय तहसँग समन्वययात्मक गोष्ठी सम्पन्न

कृषिमा राम्रो उत्पादन भएको श्रेष्ठको भनाइ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी कार्तिक २५ ।

कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय तहसंग समन्वययात्मक गोष्ठी कार्यक्रम मंगलबार तम्घासमा सम्पन्न गरेको छ ।स्मार्ट कृषि गाउँ कार्यक्रमको आर्थिक वर्ष ०७७÷७८ मा तरकारी,बाख्रा,गाई,खाद्यान्न मौरी कार्यक्रमको प्रभावकारी तथा चुनौतीको विषयमा जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश संसदहरु तथा स्थानीयतहका प्रमुखहरुको उपस्थितमा कार्यक्रम गरिएको थियो । स्मार्ट कृषि गाउँ कार्यक्रम जिल्लाको छत्रकोट गाउँपालिका वडा न.१ हुँगा, धुर्कोट गाउँपालिका वडा न.६ रजस्थल र मदाने गाउँपालिका वडा न.२ बाँझकटेरीमा तरकारी कृषि गरेका पालिकाहरुले प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका विशेषअधिकार समितिका सभापति कमलराज श्रेष्ठले कृषि सम्बन्धी तथा स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सही रुपमा लैजानका लागि उठाएका प्रश्नहरु राम्रो भएको बताए । कृषि सम्बन्धी उठेका समस्यालाई आफुले सही कार्यविधि लिनका लागि सुझाव दिने बताए । लुम्बिनी प्रदेशका संसद दिनेश पन्थीले गाई पालनलाई छाड्न भन्दा यसलाई सही रुपमा पाल्न सके राम्रो आम्दानी हुने बताए । तर यसको व्यवस्थापनको विषय उठेको समस्यालाई कानुनी रुपमा वौधानिक रुपमा चुनौति भएकाले गाई व्यवस्थापन गर्न सके राम्रो हुने बताए । संसद पन्थीले गुल्मीमा पछिल्लो समय कृषि अनुदान कार्यक्रममा ठिक ढङ्गमा काम नभएकाले यसो नगर्न पालिका अध्यक्षहरुलाई आग्रह समेत गरे ।लुम्बिनी प्रदेशका संसद खडका के.सीले गुल्मीमा लागु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमको प्रगति विवरण सुन्द खुशी भएको बताए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कृषि कर्म गर्दा कार्यविधी राम्रो संग नबनेको बताए । त्यस्तै बजारी करणमा पनि थोरै मात्रमा उत्पादन गर्दा बजारी करणमा समस्या भएको बताए । कार्यक्रमको सभाअध्यक्ष जिल्ला समन्वय अधिकारी विजय कुमार कार्कीले कार्यक्रममा उठेका प्रश्न सही भएको भन्दै त्यस्ता समस्या लाई प्रदेश सरकारले ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार माहासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend