logo
  • सोमबार, असोज १२ २०८३

राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम सुरु भएसँगै गुल्मीमा नागरिकता लिनेहरुको भीड


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी कार्तिक २३ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेहरुको भीड लागेको छ । आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयबाट १२० जनाले नयाँ नागरिकता लिएको र ३० जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत श्याम न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा नागरिता लिनेको भिड हुनुको कारण कोभिडले गर्दा रोकिएर रहेका तथा विभिन्न सहरबाट गाउँ आएकाहरुले पनि नागरिता लिने र सशस्त्र प्रहरी , नेपाल प्रहरीमा जागिर खुल्लेको विज्ञापन आएकाले नागरिकता लिनेको भिड भएको प्रशासकिय अधिकृत न्यौपानेले बताए ।जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम स्थानीय तहमा सुरु भएकाले पनि नागरिता लिनेको संख्यामा पहिले भन्दा बढी भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend