logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी अदालतको अब्बल न्याय सम्पादन, संक्रमणमै बढी मुद्धा फछर्यौट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

?????????????

 

टोपलाल अर्याल गुल्मी, २३ कार्तिक गुल्मी जिल्ला अदालतले संक्रमणको बेलामा पनि उत्कृष्ट कार्यसम्पादन गरेको पाइएको छ । । गत असारमा देशभरका जिल्ला अदालत संक्रमणको काम ठप्प थिए । तर, जिल्ला अदालत गुल्मीले असार महिनामा मात्रै गुल्मी अदालतले ६० थान मुद्धा फछर्यौट गरेको छ । भने २६ थान मुद्धा दर्ता गरेको छ । असारमा मात्रै सम्बन्ध बिच्छेदका २६, जवरजस्ती करणीका ६ लगायत ६० मुद्धा फछर्यौट भएको अदालतका सूचना अधिकारी श्रेष्तेदार भिमप्रसाद भुसालले जानकारी दिए ।

?????????????

कोरोना संक्रमणको कारण देशभर लकडाउन थियो । ०७६ चैत ७ पछि जिल्ला अदालतबाट बन्दी प्रत्यक्षीकरण र पक्राउ पुर्जी जारी गर्ने बाहेकका सवै काम बन्द थिए । गुल्मी जिल्ला अदालतका तत्कालिन न्यायधिश कृष्णप्रसाद पौडेल ०७६ फागुन १८ गते रुपन्देही सरुवा भएपछि श्रेष्तेदारले गरेका आदेशको पुर्नविचार नहुँदा विभिन्न मुद्धामा पुर्पक्षमा गएकाहरुको पुनरावेदन गर्न पाउने अधिकार समेत रोकिएका थिए । तर, जिल्ला न्यायधिश राधाकृष्ण उप्रेती र श्रेष्तेदार भिमप्रसाद भुसाल सरुवा भएर गुल्मी आएपछि गरेको न्याय सम्पादनले कानुन व्यावसायी र नागरिक समेत खुसी भएका छन् ।

कोरोना संक्रमण लामो समय रहने देखेपछि सर्वोच्चको निर्देशन हुँदाहुँदै पनि नागरिकहरुलाई सेवा दिने निर्णय गरेर अदालतको सेवाप्रबाहलाई नियमित गरिएको श्रेष्तेदार भुसालले जानकारी दिए । उनले बारसहितका कानुन व्यावसायी र लेखापढि व्यावसायीहसंग छलफल गरेर आवश्यक स्वास्थ्य सर्तकताको साथ न्याय सम्पादन नियमित गर्ने निर्णय गरिएको बताए । ‘गुल्मी जिल्ला अदालत सधै नागरिकको पक्षमा भएको कामलेनै प्रष्ट पारेका छौ,’उनले भने,‘अझै पनि रचनात्मक सुझावको आधारमा राम्रो गर्ने योजना बनाएका छौ ।’ नेपाल बार एशोसिएसन गुल्मीका अध्यक्ष गोपाल खनालले संक्रमणकै बिच गुल्मेली नागरिकको हितमा अदालतले गरेको काम निकै प्रसंसनीय रहेको बताए ।

उनले देशभरका अदालत ठप्प भएका बेला असारमा मात्रै ६० थान मुद्धा र त्यसपछिका महिनाहरुमा पनि मुद्धा फछर्यौटको दर निकै राम्रो भएको बताए । ‘कोरोना संक्रमण र न्यायधिश नहुँदा थुप्रैले सास्ती खेपे, उप्रेती श्रीमान र भुसाल श्रेष्तेदार आएपछि निकै राम्रो काम भएको पाएका छौ,’उनले भने,‘नागरिकसंगै गुल्मी अदालत र सम्पूर्ण कानुन व्यावसायी खुसी छौ ।’ उनले सर्वोच्चकै निर्देशनलाई आधार बनाएर अदालत बन्द गर्ने अवस्था हुँदाहुँदै पनि नागरिको पक्षमा अदालत खोलेर नियमित कार्यसम्पादन गर्नु देशकै नमुना काम भएको बताए । यो आर्थिक वर्षको चार महिनामा जिम्मेवारी सरेका एक सय ६६ र नयाँ ८६ गरेर दुई सय ५२ मुद्धा दर्ता भएका छन् । भने ८१ थान फछर्यौट भएर एक सय ७१ थान मुद्धा फछर्यौट हुन बाँकी छन् ।

गुल्मी जिल्ला अदालतमा सवैभन्दा बढि मुद्धा सम्बन्ध बिच्छेदका दर्ता हुने गरेका छन् । साउनमा जम्मा मुद्धा ३३ मध्ये सम्बन्ध बिच्छेद १८, भदौमा जम्मा मुद्धा २१ मध्ये सम्बन्ध बिच्छेद आठ र असोजमा जम्मा मुद्धा ३२ मध्ये सम्बन्ध बिच्छेदका १३ थान मुद्धा दर्ता भएको जिल्ला अदालतका नायव सुब्बा बिष्णु थापाले जानकारी दिए । त्यस्तै साउनमा ३४ थान मुद्धा फछर्यौट भएका छन् । जसमा सम्बन्ध बिच्छेद २३ र जवरजस्ती करणी २ लगायत अन्य मुद्धा छन् । भदौमा पनि सम्बन्ध बिच्छेद १२, जवरजस्ती करणी चार लगायत २४ थान मुद्धा फछर्यौट भएका छन् । भने असोजमा सम्बन्ध बिच्छेदका १३ लगायत अन्य गरेर २३ थान मुद्धा फछर्यौट भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend