logo
  • सोमबार, असोज १२ २०८३

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै रक्तदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल कार्तिक २२ ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन । संघले हरेक महिनाको तेस्रो शनिवार अनिवार्य रुपमा रक्तदान गर्ने कार्यतालिका अनुसार रक्तदान गरेको कार्यक्रम संयोजक राजेश गैरेले बताउनु भयो ।

रगतको अभाव हुन नदिने र रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै संघले संस्थामा रहेका व्यक्तिहरुलाई कार्य विभाजन गरि काम गरेको उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियान्ता अशोक वज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष दीपक अधिकारीले संचालन गर्नु भएको थियोे । शाक्य समाज रुपन्देही र ईन एण्ड आउट रेष्टुरेण्टले कार्यक्रम सफल वनाउन सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend