साझा नेटवर्क
यमलाल भुसाल, बुटवल कार्तिक २२ ।
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले सहकारी संस्थाहरु शेयरसदस्य मैत्री हुनु पर्नेमा जोड दिएका छन । सहकारीको मुल मर्म भनेकै शेयर सदस्यहरुलाई आर्थिक लाभ दिन र समस्या परेको समयमा सजिलै रकम उपलब्ध गराउन सक्नु पर्नेमा वत्ताहरु कथटन रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका निर्वतमान अध्यक्ष डोल प्रसाद अर्यालले एक व्यक्ति एक सहकारीलाई अनिवार्य व्यवहारमा पालना गर्न आग्रह गर्नु भयो । उहाँले एक स्थानिय तहमा समान प्रकृतिको एक भन्दा बढी सहकारीमा शेयरसदस्य नहुन र भएको भए त्यसलाई व्यवस्थापन गठर्न माग गर्नु भयो ।

उपाध्यक्ष अर्यालले सहकारी संस्थाहरुले सामाजिक उत्तरदाईत्यलाई पनि ध्यानमा राखी वार्षिक कार्यक्रममा समेटन पर्नेमा जोड दिनु भयो । साधारणमा ७० वर्ष पुराभएका संस्थाका शेयर सदस्य कुल ध्वज लामा ,कृष्ण बहादुर रानामगर, वर्ण बहादुर राना र नारायण प्रसाद भण्डारीलाइ पेन्सन वार्फतको जनही नगद ६ हजार प्रदान गरियो भने सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर पाण्डे र लिला देवि अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारण सभाले अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टंक कुमार खडकाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७ । ०७८को अनुमानित वार्षिक वजेट,र सहकारीको नियमावली संशोधन सम्बन्धमा उपाध्यक्ष डोल राज पाण्डेले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।
साधारण सभामा बालुराम गिरीले लेखा समितिको प्रतिवेदन, देउ प्रसाद पुनले मुल्याङकन तथा अनुगमन उप समितिको प्रतिवेदन, र यज्ञ प्रसाद पंगेनीले शिक्षा उप समितिको प्रतिवदन प्रस्तुत गर्नु भएको सहकारीका व्यवस्थापक लालकाजी राजभण्डारीले बताउनु भयो ।
साधारण सभामा संस्थाका सल्लाहकार नवराज श्रेष्ठ शेयर सदस्य हरि प्रसाद रेग्मीले सहकारीलाई सिस्टममा संचालन गरियो भने शेयर सदस्यहरुको लगानी सुरक्षित हुने धारणा राख्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend