साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी कात्तिक १७ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) लुम्बिनी प्रदेसका प्रमुख सचेतक तथा प्रदेस सभासद भुमिश्वर ढकालले पाटी एकता र एकिकरण पश्चात् पनि नेपाल कम्युनिष्ट पाटी (नेकपा)भित्र पुर्व पाटी (एमाले र माओबादिको) गन्धले समय समयमा राष्ट्रिय राजनितीमै चर्चा परिचर्चा ल्याउने गरेको बताउनु भयो ।
गुल्मीको कालीगण्डकी गाउँपालिका भुर्तुङ्गमा कार्यकर्ता भेट घाट कार्यक्रममा विशेष रुपमा बोल्दै यस्तो बताउनु भएको हो ! पाटी एकता पश्चात् पनि बैचारिक, साङ्गठनिक,भावनात्मक एजेण्डा मिल्न नसकेकाले नेकपा भित्र स्थानीय तह देखी केन्द्र सम्म पुर्व पाटीको गन्धले विभिन्न मद:भेद श्रृजना गर्ने गरेको आगामी दिनमा यस्तो गन्ध ल्याउन नहुने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा)लाई गुट र उपगुटमा बिभाजित हुन जनताले जनमत दिएका होईनन् बिकास परिवर्तन सुखी र समृद्ध नेपाल निर्माणको कार्य दिशा अगाडी बढाउँदै समाजबाद उन्मुक अर्थतन्त्र स्थापनाका लागी जनताले भारी जनमत दिएको प्रष्ट पार्नु भयो । पाटी भित्र केही मतमतान्तर भएता पनि जनताको अभिभारा पूरा गर्न नेपाल कम्युनिष्ट पाटी (नेकपा) अझ ससक्त ढङ्गबाट अगाडि जानू पर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेस भित्र मत मतान्तरको विषय नरहेको प्रदेस भित्रको एकता सम्पन्न भएको चर्चा गर्दै स्थानीय स्तरका कार्यकर्ता, जिम्मेवारी पुर्वक पाटिको कार्यदिशा अनुरुप लाग्नु पर्ने पाटी सङ्गठन नै भबिष्यको बलियो आधार भएकाले स्थानीय निकायको निर्वाचन बिजय गर्नका लागि बिकासका कार्यहरुको अर्थ नरहेको र पाटी सङ्गठनलाई सबल र सक्षम बनाउनु पर्ने बताउनु भयो ।
नेकपाका कार्यकर्ता लगाएत नेतृत्वले पनि पुर्व पाटी भन्ने भावना त्याग्नु पर्ने नेकपाको विशेष नीति एजेण्डालाई आम जनता माझ खरो र दरो रुपमा ल्याउँदै आगामी दिनमा एक आपसमा मतभेद उत्पन्न गर्न नहुने जस्ले ठूलो राजनैतिक दुर्घटना निम्त्याउने समेत दाबी गर्नु भयो ।
कालीगण्डकी गाउँपालिका भित्र प्रतिपक्ष नेकपाको खबरदारी ससक्त रुपमा नभएको प्रतिपक्षको काम नै सत्ता पक्षको गलत कामको भण्डाफोर गर्दै ससक्त रुपमा जनता माझ आवाज बुलन्द गर्नु पर्ने बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend