साझा नेटवर्क
शिव सुवेदी, गुल्मी कार्तिक १७।
पाैवा रिसाेट प्रालिले आफ्नो आठौ सेवा गुल्मीको धार्मिक स्थल रेसुङ्गावाट शुरु गरकाे छ ।
साेमवार विहान पत्रकार सम्मेलनमार्फत आफ्नो सेवा सुभारम्भ गरेकाे जानकारी दिएकाे हाे । पाैवाले रेसुङ्गावाट १ बर्षकाे मेहनतपछि सेवा सुभारम्भ गरेकाे हाे । रेसुङगालाई विश्वभर परिचत गराउनुका साथै पर्यटनहरुलाई उपस्थित गराउन पाैवा रिसाेटले महत्वपूर्ण भुमिका निभाउने पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ ।
रेसुङगा,पाल्पा ,वुटवल,भैरहवा,गाेरुसिङ्गे,भालुवाङ,लमही ,जुम्लावाट सेवा दिदै आएकाे पाैवाले देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेकाे पाैवा रिसाेट सञ्चालक धुर्व न्याैपानेले जानकारी दिनुभयाे । अयाेध्याका श्रद्धालु भक्तजनलाई रेसुङगा ल्याउनुका साथै रेसुङगाकाे पर्यटकीय क्षेत्रलाई लक्षित गरि पाैवा रिसाेट रेसुङ्गामा ल्याईएकाे पैचाे पसल प्रालिका प्रवन्धक निर्देशक समेत रहेका न्याैपानेले बताउनुभयाे ।
पाैवाले रेसुङालाई नै राेज्नुकाे प्रमुख कारण यहाँको धार्मिक सङै पर्यटन विकास नै भएको अध्यक्ष दुर्गा भण्डारीले बताउनुभयाे । तम्घास आएका पर्यटकलाई रेसुङा पुगाै भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उहाँको भनाई छ। छिट्टै पाैवाले रेसुङगा घुम्ने प्याकेज समेत निर्माण तयारी रहेकाे पाैवा रिसाेटका सञ्चालक शरण कर्मचार्यले बताउनुभयो ।
२५ बर्षका लागि पाैवा रिसाेटले २५ राेपनि जग्गा प्रयाेग गर्ने गरि रेसुङ्गा नगरपालिकासगं सम्झौता गरेकाे छ । २५ बर्षपछि यहाँ निर्माण गरेका सवै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रवनध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताउनुभयाे । रेसुङ्गावाट आफनो सेवा सुभाम्भ गरेकाे पाैवा रिसाेटले कात्तिक २२,२३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend