साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कार्तिक १६ ।
गुल्मेली सागर थापा ‘धुर्व’ र इलामकी रोशनी कार्कीले अभिनय गरेको आधुनिक गीत ‘उड्यो रे मेरो मन’ को म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । यो म्युजिक भिडियो निराजन कडेलको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका थापा र कार्कीले यो भिडियोले पनि सोहि अनुसार दर्शकबाट माया पाउने अपेक्षा लिएका छन् ।
यो म्युजिक भिडियो अनिल के मानन्धरको निर्देशनमा कालिन्चोकका विभिन्न स्थानमा छायाँकन गरिएको छ । ‘उड्यो रे मेरो मन’ गीतमा प्रमोद कोइरालाको शब्द संगीत छ । भने निराजन कंडेल र प्रबिसा अधिकारीले स्वर दिएका छन् । गुल्मेली सागर र इलामकी कार्की पछिल्लो समय अभिनयको क्षेत्रमा जम्दै गएका छन् । सानै देखि गीत संगितका क्षेत्रमा रुची राख्ने थापा र कार्की थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।
उनीहरुले थिएटरमा आधा दर्जन नाटकमा अभिनय गरेका छन् । सागरले ‘उड्यो रे मेरो मन’ संगै ‘बिस्तारै बिस्तारै’, ‘प्रेम कहानी’, ‘सम्हाले मुटुलाई’, ‘जुनीभरी संगै जिउँला’ लगायतका आधुनिक गीतका म्युजिक भिडियोहरुमा अभिनय गरेका छन् । भने कार्कीले ‘मुसुक्क हाँस’, ‘धोका भो’, ‘झरि’, ‘हेर यो मुटुमा’ लगायतका म्युजिक भिडियो मार्फत चर्चा कमाइ सकेकी छन् । आफ्नो गीत संगित र अभियन क्षेत्रमै सवैभन्दा ठुलो रुची भएकाले दर्शकको मायासगै आफुलाई अब्बल बनाउँदै लैजाने सागरले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend