logo
  • सोमबार, असोज १२ २०८३

इस्माली समाज काठमाण्डौद्धारा पहिरो पीडितलाई राहत प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल,गुल्मी कार्तिक ८ ।

इस्माली समाज काठमाण्डौले इस्माका पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ ।इस्मा गाउँपालिका वडा नं १ र ४ का पहिरो पीडित ६० घर परिवार राहत स्वरुप नगद प्रदान गरिएको हो । प्रति परिवार ४५ सयका दरले २ लाख ७० हजार नगद प्रदान गरिएको समाजका कोषाध्यक्ष शिव खड्काले जानकारी दिए । हस्तिचौरका ४६ घर परिवार र दोहलीका १४ जनाले राहत पाएका थिए । असार ६ र १८ गतेको अविरल बर्षासंगैको पहिरोले हस्तिचौर र दोहलीमा मानवीय तथा थुप्रै भौतिक क्षति भएको थियो । अझै पनि कैयन घर परिवार छिमेक र जोखिमयुक्त घरमै बस्न बाध्य छन् । दशैको समयमा पहिरो पीडित परिवारको न्यूनतम आवश्यकता पुरा गर्ने उदेश्यले सहयोग गरिएको इस्मा समाजका उपाध्यक्ष गोपी पराजुलीले जानकारी दिए । उनले कोरोनाको समयमा गाउँमै आएर उद्धार र राहतको काम गर्न नसके पनि काठमाण्डौमा इस्माली समाजले नेतृत्व गरेर सहयोग संकलन गरेको पराजुलीले जानकारी दिए ।राहत हस्तान्तरण गर्दै गाउँपालिका उपप्रमुख बिमला केसीले दशै पछि पहिरो प्रभावित परिवारसंग छलफल गरेर उपयुक्त स्थानमा पुर्नवासको काम सुरु गरिने बताइन् । ‘कोरोना कहरसंगैको प्राकृतिक बिपत्तीको सामना इस्मा गाउँपालिकाले ग¥यो,’उनले भनिन,‘अब पुर्नवासको काम अगाडी बढाउँछौ ।’ कार्यक्रममा स्थानीय नेता कार्यकर्ता र समाजसेवीहरुले पहिरो प्रभावितको अवस्थाको बारेमा कार्यक्रममा जानकारी दिए ।

इस्माली समाजले पहिरोपछि नेतृत्व गरेर विभिन्न संघसंस्था र व्यक्तिहरुसंग सहयोग संकलन गरेको थियो । समाजले इस्माको शैक्षिक तथा अन्य क्षेत्रमा विभिन्न रचनात्मक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend