साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी कार्तिक ८ ।
गाउँ–गाउँमा घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरण निकै बढेको छ । घरेलु मदिरालाई राज्यले अवैध्य भनेको छ । तर, जिविकोपार्जन संग जोडेर कतिपयले मदिरा बरामदको बिषयलाई आलोचना समेत गर्ने गरेका छन् । भने केहिले धर्म, संस्कृति र परम्परासंग जोडेर व्याख्या गरिरहेका छन् ।
अहिले त्यहि मदिरा अपराधको प्रमुख जड बनिरहेको छ । कैयन परिवार बिचलित छन् । मदिराका कारण बलात्कार र हत्या परिवारभित्रै बढेका छन् । मदिराको उत्पादन अहिले झन फोहोरी बन्दै गएको पाइएको छ । इस्मा गाउँपालिकाले गरेको अनुगमनका क्रममा केहि पसलहरुमा यहाँसम्मकी घरेलु मदिराकै निम्ती पिसाव राख्ने गरिएको,साथमा पलाष्टिक, मोजा, चप्पल मिसावट गरिएका र किरा परेको मदिरा समेत बिक्री वितरण गरिएको फेला परेको इस्मा प्रहरी चौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए । इस्मा गाउँपालिका वडा नं १, २, ४ र ६ मा गरिएको अनुगमनका क्रममा अत्यन्तै दर्दनाक अवस्थामा मदिराको उत्पादन र बिक्री गरेको फेला पारेपछि बरामद गरेर नष्ट गरिएको जानकारी दिए ।
इस्मा गाउँपालिकाले २ सय ६० लिटर तयार पारिएको घरेलु मदिरा, २ सय २० लिटर मदिराको कच्चा पदार्थ, १ सय ६ कार्टुन ७० युपिका प्लाष्टिकमा प्याकिङ मदिरा, ४ कार्टुन बियर, १ क्विन्टल मर्चा र सिसाका अन्य मदिरा ४ कार्टुन बरामद गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै अनुगमनको क्रममा म्याद नाघेको २० किलो सुजी र १ कार्टुन बिस्कुट लगायतका खाद्य बस्तु बरामद गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिए । इस्मा गाउँपालिकामा बिना इजाजत कुनै पनि मदिरा बिक्री वितरण गर्न पाइँदैन् । भने पलाष्टिकका बोत्तल भएका ७० युपिका सवै मदिरा बिक्री वितरण गर्न पाइँदैन् ।
भने महिदा बेच्न समय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मदिरा बिक्री वितरणमा पूर्ण प्रतिबन्द लगाइएको इस्मा गाउँपालिका उपप्रमुख बिमला केसीले जानकारी दिइन् । उनले आफुलाई पार्टी र समुदाय स्तरबाट मदिराको बिषयमा असहयोग र चुनौती भएपनि इस्माको अपराधलाई ध्यानमा राखेर कार्यविधी निर्माण गरेर बरामद र नष्ट गर्ने अभियान संचालन गरिएको बताइन् ।
इस्मामा गाउँपालिकाले तोकेको समय बाहेक अरु समयमा मदिरा सेवन र बिक्रि वितरण गरे खानेलाई पहिरो पटक १ हजार र बिक्री वितरण गर्नेलाई ५ हजार जरिवाना गर्ने गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend