साझा नेटवर्क
दिपक खनाल, अर्घाखाँची कात्तिक ७ शुक्रबार|
प्रदेशमा रहेर पनि देशको निम्ति केहि गर्नुपर्छ भन्ने सोच बोकेका युवाहरुद्वारा जिल्ला अस्पतालको परिसरमा ट्रस्ट निर्माण गरेका छन ।

प्रदेशमा बसेर पनि देश र समाजको विकासको क्रियाकलापमा अर्घाखाँची प्रवासी समाज बहराइन सधै अग्रपंतिमा देखिन्छ । प्रदेशमा रहेर जिल्लाको एक मात्र जिल्ला अस्पतालको परिसरमा ४ लाख १५ हजार बराबरको खर्चमा ट्रस्ट निर्माण कार्य सम्पन्न भएको हो ।

ट्रस्ट निर्माण पछि अस्पतालको नियमित कामकाज र बसाइमा सहजता भएको अस्पतालका प्रमुख डा.कपिल गौतमले बताउनुभयो । यस ट्रस्ट निर्माण कार्यमा दिनरात खटिरहने युवा व्याक्तित्व तथा निर्माण संयोजक सन्तोष समाइ, महासचिव अन्मोल राक्से मगर र अर्घाखाँची प्रवासी समाजका युवाहरुको सक्रियतामा उक्त कार्य सम्पन्न भएको हो ।
त्यस्तै सस्थाका अध्यक्ष रामु खनालले सामाजिक काम गर्दै गर्दा सम्पुर्ण साथिररुको सकृयतामा निर्विवाद काम सम्पन्न गर्न पाउँदा निकै रमाइलो महसुस भएको समेत सस्थाको नियमित बैठकमा बताउनु भएको थियो ।
जिल्लामा सामाजिक कार्यहरुदेखि गरिब दिन दुखी, विभिन्न प्रकोप बिपद माहामारी लगायतका समस्या समाधानमा अर्घाखाँची प्रवासी समाज बहराइन सधै लागीरहेको कुरा र आगमी दिनमा पनि यि यस्ता कार्यमा निरन्तर लागी रहने कुरा संस्थाका संयोजक युवराज केसीले साझा नेटवर्क मिडियालाई जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend