साझा नेटवर्क
सूर्य सुनार,गुल्मी कार्तिक ७ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता घर घरमै गई वितरण गरिएको छ ।
सरकारले बैक मार्फत सामाजिक सुरक्षा भक्ता दिन निर्देशन दिएको छ । मुसिकोट नगरपालिकामा ग्लोबल बैक संग संझौता भएको थियो । त्यस पछि बैकले सबै लाभगा्रहीको खाता खुलाइदियो । नगरपालिकाले विभिन्न वडामा लाभगा्रहीको लागि बैक संग सम्झौता गरेपछी अहिले मुसिकोट नगरपालिकामा सामाजिक सुरक्षा भक्ता बैक मार्फत वितरण गदै आएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर ३ मा घरमै गई सामाजिक सुरक्षा भक्ता वितरण गरिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिनुभयो । गोलोबल बैक शाखा ठुलापोखराका प्रबन्धक बसन्त अधिकारीले सामाजिक सुरक्षा भत्ता घरमै गई जेष्ठ नागरिकको हातमा नै वितरण गरिएको बताउनुभयो ।
कार्यालय बन्द रहेको समयमा पनि हामीले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रबन्धक अधिकारीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता स्वरुप आज १६ लाख ५० हजार वितरण गरिएको वडा सदस्य रायमाझीले बताउनुभयो । मुसिकोट नगरपालिका वडा नम्बर ३ मा घरमै सामाजिक सुरक्षा भक्ता पाएपछि सेवागा्रहीहरु खुशी भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend