साझा नेटवर्क
साझा नेटवर्क,पोखरा कार्तिक ५ ।
“पाठ्यक्रम समायोजित अध्ययन सामाग्री”पुस्तक माछापुच्छ्रे गाउपालिकामा नि:शुल्क वितरण गरिएको छ ।
माछापुच्छ्रे गाउपालिका वडा नं-२, भुर्जुङखोलामा अवस्थित श्री माछापुच्छ्रे मा.वि का प्र.अ श्री सन्तोष आचार्य,विद्यालयका शिक्षक श्री निलराज आधिकारि लगायत विद्यालय परिवारको पहलमा तयार पारीएको “पाठ्यक्रम समायोजित अध्ययन सामाग्री” पुस्तक सोही विद्यालय र वरिपरि रहेका ६ अरु विद्यालयका ६०९ जना विध्यार्थिहरुलाई कतारमा कृयासिल कास्की सार्दिखोला समाज, कतारले निशुल्क प्रिन्ट गरी वितरण गरिएको छ । कोभिड-१९ को विषम परिस्थिती र यसले विभिन्न क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि असर पारेको समयमा विद्यालयले विध्यार्थी विद्यालयमा लगातार आउन नसक्ने भए पछी सो सामाग्री तयार गरिएको प्र.अ श्री सन्तोष आचार्यले जानकारी दिनुभयो । सबैलाई इन्टर्नेटको पहुंच नहुने भएकोले गाउका विद्यार्थीहरुलाई समय-समयमा विद्यालय बोलाउने र समुदाय मै पुगेर शिक्षकहरुले मोनिटरिङ् गर्ने गरिएको छ ।
यस अघी विद्यालयले “९० दिने वैकल्पिक स्वाध्ययन अभ्यास सामाग्री” पनि प्रकाशित गरी लकडाउनको समयमा पनि विध्यार्थिहरुलाई अध्ययनमा कृयासिल राख्दै अाइरहेको छ । आफ्नो गाउठाउमा भएको सरकारी विद्यालयले विध्यार्थिहरुको शिक्षण सिकाइलाई गम्भिरतापुर्वक लिएर विसम परिस्थितीमा गरिएको कदमलाई सोही वडावाट रोजगारिको सिलसिलामा कतारमा कार्यरत कास्की सार्दिखोला समाजका दाजुभाइहरुले पुण्य कार्य महसुस गर्दै सहयोग गर्ने निर्णय गरेको थियो । कोभिड १९ ले गर्दा प्रत्यक्ष भेटघाट गर्न नसके पनि भर्च्युअल बैठक वसेर सो निर्णय गरिएको थियो । आफ्ना वडाका कुनै पनि बालबालिका शिक्षाको ज्योति बाट वन्चित हुन नपरोस भनेर समाज/संस्था बाट शैक्षिक कोश स्थापना गर्ने भनी छलफल चलिरहेकै अवस्थामा विद्यालयको तर्फबाट अगाडि सारीएको यो कदममा सहयोग गर्न पाउदा संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्ष श्री पारसिङ तमाङले सबै खुशी भएको जानकारी गराउनु भयो ।
कास्की सार्दिखोला समाज, कतारले प्रिन्टिङ गर्न आर्थिक व्यवस्थापन गरेको थियो भने तपसिलका विद्यालयहरुमा संस्थाका सचिव श्री सन्तोष भुजेल, निवर्तमान प्रथम उपाध्यक्ष श्री कपुरमोहन तमाङ, सह-सचिव श्री टिकाराम गिरी, केन्द्रिय सदस्य श्री हिक वहादुर तमाङ, समाजसेवि श्रीमती दया तमाङ रानामगर, श्रीमती कल्पना वास्तोला प्रत्यक्ष प्रत्येक विद्यालयहरुमा पुगेर पुस्तक वितरण गरिएको थियो ।
निम्न विद्यालयहरुले पुस्तक प्राप्त गरेका थिए…
१.श्री माछापुच्छ्रे मा बि, भुर्जुङखोला – ४४१
२.श्री बाराही आ वि, खांदरजुङ – २७
३.श्री हिमालयन आ वि, लौसिटाकुरा – १३
४.श्री कृष्ण महादेव आ वि, खैम्राङ – ३६
५.श्री ले सरस्वती आ वि, चौरा – १५
६.श्री हिमालयन तिनसिर आ वि, भराभुरी – २३
७.श्री अन्नपूर्ण आ वि, मिर्सा-धिप्राङ – ५४
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend