logo
  • सोमबार, असोज १२ २०८३

मदानेका सक्रिय युवाहरुको अगुवाइमा वडा तथा विद्यालयहरुको सरसफाई कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी कार्तिक ५ ।

गुल्मीको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका भित्रका सक्रिय युबाहरुले करिब चार दिनमा सम्पूर्ण वडा तथा बिधालयहरुको सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।मदाने गाउँ पालिका भित्र जम्मा सात वडा रहेका छन । जुन ठाउँका सम्पुर्ण वडा कार्यलय,बिधालय तथा बजार क्षेत्रमा फोहोरजन्य सामानहरुको ब्यबस्थापन गरिएको छ । समाज सेबा गर्न चाहे कुनै जन प्रतिनिधि बन्नु नपर्ने सोही वडाका युबाहरुले देखाएका छन । प्रत्येक वडाका एक/एक जनाको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो । मदाने गाउँ पालिका मलागिरी घर भई बुटवल मा केही समय अघि देखि समाज सेबामा आबद्ध रहनु भएका सन्दिप थापाको विशेष पहलमा कार्यक्रम सुचारु भएको हो ।वडा नम्बर एक बाट बिनोद बिक ,वडा नम्बर दुई बाट अशोक परियार ,वडा नम्बर तीन बाट मोहन भुसाल,वडा चार बाट तिरस्कार सेन ,पाच बाट सन्दिप खड्का ,छ बाट राजन कुवर र सात बाट राहुल थापा मगर सहित अन्य ब्यक्तिको सहकार्यमा सरसफाइ अभियान सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend