साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी कार्तिक ५ ।
नेकपाका नेता नरेश भण्डारीले आफ्नो जन्म दिनमा बुवा गुमाएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
उनले धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा मिलन महिला उद्यम समुहकी सदस्य कमला बिक का एक छोरा र दुई छोरीलाई अध्ययन गर्न आवश्यक एक सेट सामग्री प्रदान गरे । उनले बिद्यालय पोशाक एक/एक थान, सुइटर एक/एक थान, कपि एक/एक दर्जन, पेन्सील एक/एक दर्जन, जुता मोजा एक/एक थान घरमै पुगेर प्रदान गरेका थिए ।
कमलाका श्रीमान ४५ दिन पहिला बिरामी भएर ४२ बर्षको उमेरमा निधन भएपछि विक परिवार बिचल्ली परेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend