साझा नेटवर्क
सूर्य सुनार,गुल्मी कार्तिक ५ ।
अन्तर्राष्ट्रिय स्तरको शैक्षिक क्रियाकलाप मार्फत प्रतिस्पर्धाबाट गुल्मी जिल्लाको अर्जुन आवासीय माध्यामिक विद्यालय उत्कृष्ट हुन सफल भएको छ ।
वेलायती संस्था ब्रिटिस काउन्सील संगको सहकार्यमा विश्वव्यापी रुपमा संचालित विद्यालय स्तरीय विविध शौक्षिक क्रियाकलाप मार्फत विद्यालय उत्कृष्ट भएको विद्यालयका प्रिन्सिपल रविचन्द्र विष्टले जानकारी दिनुभयो । विश्वबाट करिब लाखौ विद्यालय सहभागि उक्त प्रतिस्पर्धामा नेपालबाट १९९ वटा विद्यालय सहभागि भएका थिए । जस मध्ये २३ वटा विद्यालयहरुले अवार्ड जित्न सफल भएका छन् । लुम्विनी प्रदेशबाट २ वटा विद्यालयले अवार्ड जित्न सफल भएका छन् । अर्जुन आवासीय माध्यामिक विद्यालयका संरक्षक तथा मदाने गाउँपालिका अध्यक्ष दान बहादुर के.सीले गुणस्तारीय शिक्षालाई जिद्यालयले पहिलो प्राथामिता राखेको बताउनुभयो । विद्यालयले पाएको अवार्ड प्रति खुशी व्यक्त गदै शिक्षक, अभिभावक, विद्यार्थीको परिश्रमको फल भएको बताउनुभयो । विद्यालय प्रति आगमि दिनमा पनि शिक्षक, विद्यार्थि, र अभिभावकले विश्वास संगै विद्यालयको साथमा रहन आग्रह गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल रविचन्द्र विष्टले विद्यार्थिहरुलाई पठनपाठनका अलवा उनीहरुको चौतर्फी विकासको लागि अन्य अतिरिक्ता गतिविधिहरु मार्फत अन्तराष्ट्रिय स्तरको एउटा तहमा विद्यालय पुग्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्यालयको मात्र नभएर गुल्मी जिल्लाकै एउटा गौरवको विषय भएको बताउनुभयो । महत्वपुर्ण उपलष्धी हासिल गर्न अनवररुपमा लाग्ने विद्यालयका शिक्षकहरु, विद्यार्थिहरु अभिभावकलाई पिन्सिपल विष्टले धन्यवाद व्यक्त गर्नुभएको छ् । विद्यालयले वेलायती संस्था व्रिट्सि काउन्सीलको लोगो, र संस्थाले कुनै कार्यक्रम गर्दा सहभगिता हुन सकिने भएको विष्टले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend