logo
  • सोमबार, असोज १२ २०८३

लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै कृष्णनगर नाका


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु कार्तिक ५ ।

मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषधको तस्करी बढेको छ र हाल कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ lकृष्णनगरको अस्थाई प्रहरी पोस्ट – लिंकगेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ किलाे अफिम बरामद गरेकाे छ । दिउंसाे एक बजेका समय लिङकगेट स्थित डिउटिमा खटिएको अस्थाई प्रहरी पोस्ट ( लिंक गेट ) का प्रहरी नायब निरीक्षक रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल-भारत आवत जावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ पैदल जाँदै गरेका बर्ष ३५ का लाले भन्ने लाल बहादुर खत्रीकाे झाेलामा ६ प्याकेटमा ३ किलो अफिम बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीले सोधपुछ गर्दा जिल्ला रुकुम पश्चिम वाफिकोट गाउंपालिका वडा ८ दुली बस्ने खत्रीकाे शरीर चेकजाँच गर्न लाग्दा प्रहरीलाई धक्का दिई झोला छाेडेर भारत तर्फ भागेका नायब निरीक्षक रेशम बहादुर जीसीले जानकारी दिनुभएको छ ।प्रहरी टोलीले पिछा गर्दै जाँदा खत्री नेपाल-भारत दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले नियन्त्रणमा लिई शरिर चेकजाँच गर्दा कम्मरको भागमा समेत ४ प्याकेट अफिम समातिएकाे भारतीय संचारकर्मीहरुले बताएका छन । केही दिन देखि कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले प्रहरीलाई टाउकाे दुखाई बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend