साझा नेटवर्क
सूर्य सुनार,गुल्मी कार्तिक ३ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ गुल्मीले वडा कार्यालयमा १० बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ । स्थानीय निर्वाचन भएको तीनबर्ष बितिसक्दा पनि वडामा सत्तापक्ष रहेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जन अपेक्षित काम नगरेको, बिकासको साटो सामाजिक संघसंस्थामा राजनितिकरण गरेको, बजेट र कार्यक्रममा अपारदर्शीता कायम गरेको, जनगुनासो लाई वडा कार्यालयले ध्यान नदिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ ज्ञापन पत्र बुझाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ ले वडामा बजेट सन्तुलित बिकास हुने सबै टोल र क्षेत्रमा खर्च नगरिएको दाबी गरेको छ । बिशेष गरी धागिथुमको माथिल्लो बेल्टमा जनताको अत्याधिक चासो रहेको बाटो सुधारको निम्नि राजनितिक पुर्वाग्रह नराखी बजेट व्यवस्था गर्न कृषि, पशुपालन, मौरीपालनको मुख्य सम्भावना भएको क्षेत्र भएकाले त्यस्ता कार्यक्रम भित्याउनका लागि ठोस पहल गर्न, न्यून आय भएका, दलित, बिपन्न वा लक्षित बर्गलाई उपेक्षा गरी बजेटबाट बन्चित गरिएकोले आर्थिक अवस्था सुधार गर्ने गरी कार्यक्रम तत्काल ल्यान र सडकबत्ति जोड्नको निम्ति लामो अबधिसम्म कुनै पहल नभएकोले तुरुन्त सडक बत्ति जोडने लगाएका १० बुदे माग सहित वडा अध्यक्ष उद्धय बहादुर थापालाई ज्ञापन पत्र बुझाएको हो ।
प्रस्तुत मागहरु कार्तिक २० गते भित्र सम्बोधन गर्न भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ का अध्यक्ष शालिकरा बस्नेत र सचिब सिता विश्वकर्माले ज्ञापन पत्रमा हस्ताक्षण गर्नुभएको छ । जनसरोकारका माग पुरा गर्न बेवास्ता वा आलटाल गरिएमा वडा कमिटीको तर्फबाट आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend