logo
  • सोमबार, असोज १२ २०८३

बाली तथा पशुपन्छी बीमा सम्बन्धी ३ दिने तालिम तम्घासमा सम्पन्न

बिमाको रकम समयमै भुक्तानी गर्न आग्रह


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी कार्तिक ०२ ।

बाली तथा पशुपन्छी बीमा सम्बन्धी ३ दिने तालिम तम्घासमा सम्पन्न भएको छ । गुल्मी जिल्लाका स्थानीय स्रोत व्यक्ति विकासको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले बाली तथा पशुपन्छी सम्बन्धी अभिकर्ता बन्ने हरुका लागि तालिम प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफलेले जानकारी दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले गुल्मी जिल्ला पशुपन्छी तथा कृषि क्षेत्रमा अगाडि रहेकाले यहाँको कृषकहरु लाई बिमा सम्बन्धी कृषकलाई आर्कषण गर्न अभिकर्ताले सहयोग गर्न पराजुलीले आग्रह गर्नुभयो । पशुपन्छी बिमा सम्बन्धी कृषकहरुले नबुझेको हुदाँ अभिकर्ताद्धारा कृषकहरुलाई बुझाउन सहयोग गर्नुपर्र्ने बताउनुभयो । बिमा कार्यक्रमलाई सरल र सहज बनाउन आवाश्यक रहेको बताउनुभयो । बिमा कम्पनीद्धारा पाउनुपर्ने रकम समयमै भुक्तानी गर्न सकेमा बिमा कम्पनीले सबैको मन जित्ने उहाँले बताउनुभयो । बाली तथा पशुपन्छी बीमा सम्बन्धी तालिम तम्घासमा २ चरणमा ६० जनालाई प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफलेले जानकारी दिनुभयो । जसमा जिल्लाका १२ वटा गाउँपालिकाबाट सहभागिता रहेको थियो ।कार्यक्रमका विशेष अतिथि कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिब डा. श्रीराम घिमिरेले जिल्ला समन्वय गुल्मीलाई सबै पालिकामा यो कार्यक्रमलाई पुयाउन सहयोग गर्न आग्रह गर्नुभयो । साथै अभिकर्ताहरुलाई आफुले सिकेको कुरा लाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्रमा गुल्मीलाई समवृद्धी बनाउनमा यस कार्यक्रमले सहयोग गर्ने र कृषि क्षेत्रमा टेवा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफलेले बताउनुभयो ।

नेपाल कृषि प्रधान देश भएपनि कृषिमा कृषक आत्मा निर्वाह नभएको यो समयमा कृषकलाई बिमा कार्यक्रमले सहयोग गर्ने हो भने कृषकहरुलाई केही भएपनि राहत हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend