logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको महेन्द्र उमाविका बिद्यार्थीको स्वास्थ्य परिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 टोपलाल अर्याल, गुल्मी भदौ ३।
महेन्द्र उच्च माध्यमिक विद्यालय तम्घास गुल्मीमा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण सम्पन्न गरिएको छ । विद्यालयको नियमित कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको सहयोगमा कक्षा ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परिक्षणमा २ सय ३० जना बिद्यार्थीहरुले चेकजाँच गराएका थिए ।

14054785_1039344746180565_1362584585_n
नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च मा.वि. का अध्यक्ष विशाल पन्थीको अध्यक्षता रहेको कार्यक्रममा प्रचार्य केशर बहादुर थापाको प्रमुख अथिति  रहेको थियो । विद्यालयका सहायक प्राचार्य मोतिप्रसाद खनालको बिशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन जुनियर रेडक्रस सर्कलका शिक्षक नायक घनश्याम पाण्डेले गर्नुभएको थियो । सहायक प्रचार्य खनालले आफ्नो स्वास्थ्य परिक्षण गराएर कार्यक्रको उद्घाटन गर्नुभएको थियो ।

14030686_1039345146180525_1644390290_n
स्वास्थ्य परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उदय सुनार, तारा बहादुर कार्कीबाट स्वास्थ्य परीक्षण गरिएको थियो भने एन.एम. अध्ययनरत विद्यार्थीहरु गीता श्रीस, रक्षा भण्डारी र संगीता श्रीसको टोलीले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend