logo
  • शुक्रबार, असोज ९ २०८३

सरु र सुनिलको ”डिजिटल फोटो” मा बले र कक्रोज को दमदार अभिनय (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सपना चन्द,काठमाडौं कार्तिक ०१ ।

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।दर्जनौ चर्चित गीतहरुमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ “डिजिटल फोटो” को म्युजिक भिडियो लिएर आएकी हुन् ।

गीतकार कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । त्यसैगरी उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend