साझा नेटवर्क
काठमाडौँ, भदौ ३।
प्रहरी प्रधान कार्यलयले एक साथ ठुलो संख्यामा नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । नेपाल प्रहरीका १२५ जना डिएसपीको एक साथ सरुवा गरेको हो ।
डिएसपी कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने काठमाडौंको थानकोट बृतमा डिएसपी कृष्ण पंगेनी आएका छन् ।
त्यस्तै गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला पठाइएको छ । गोविन्द पुरीलाई महाराजगञ्ज बृतको जिम्मेवारी मिलेको छ ।
चित्र गुरुङ मनाङ, दलबहादुर बोगटी बाजुरा र प्रविणलाल श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धनकुटा पुगेका छन् ।डँडेलधुरामा लागुऔषध नियन्त्रण ब्यूरोका डिएसपी प्रेम शाही, बैतडीमा बालनरसिंह राणा र योगेन्द्र कुमार खड्का कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख भएका छन् ।
काठमाडौंको जनसेवा बृतका सन्तोष आचार्य आएका छन् भने सन्तोष तामाङ बालाजु बृतमा सरुवा भएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend