साझा नेटवर्क
दिपक खनाल|सृजना आचार्य, कपिलवस्तु असोज २८ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता भन्ने मूल नारालाई आत्मसात गर्दै अगी बढेको नेपाल विद्यार्थी संघको लुम्बिनी प्रदेशकार्य समिति गठन भएको छ ।
प्राविधिक तथा व्यवसायिक तालिम परिषद् विद्यार्थी समन्वयसमिति CTEVT अन्तर्गत नेपाल विद्यार्थी संघ अहिले सशक्तीकरण कार्यमा अगाडी बढेको छ ।
यसैक्रममा सबै नेपाल विद्यार्थी संघको विधान २०२७ परिमार्जित छैठौं संशोधन २०६३ बमोजिम लुम्बिनी प्रदशका कार्य समिति विस्तार सम्बन्धमा प्रविधिक तथा व्यवसायिक तालिम परिषद् CTEVT अन्तरगतका क्याम्पसहरुमा संगठन विस्तार एवम् व्यवस्थापन गर्दै नेपाल विद्याथी संघकोअनुशासनमा रही सकृयता पूर्वक प्रविधिक विद्याथी समूहको गतिविधिमा सहभागी हुने विश्वासका साथ रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लाका विद्यार्थीहरुको सहभागीता रहने गरी समिति गठन भएको छ ।
जसमा क्यामुदिन पठान अध्यक्ष, अजय चौधरी सहसचिव, निरज पाण्डे सहसचिव, सरिप खान कोषध्यक्ष, सागर पौडेल प्रवक्ता र त्रमश सदस्यहरुमा मुस्कान चौधरी, इरफान खान, गौतम कोहार, सौरभ मल्ल, अभिनय अन्सारी, महेश चौधरी, रामु चौधरी, भिनु राना, रिङका गुप्ता, आकाश भुसाल, माया केसी, निराज हरिजन, असरफअली विशाल अधिकारी, अशोक यादव, असलम गद्दी रहेको छन् ।
नयाँ कार्य समितिमा पदस्थापन हुनु भएका सबैजनाले विद्यार्थीको हकहितमा आफूहरु सधै एक जुट भएर लाग्ने समेत बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend