साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज २७ ।
मंगलबार कोरोनाका नयाँ ३ हजार ५५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए ।
यस दिन कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन् ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ । मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend