साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौँ असोज २५ ।
गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको नेपाल भाषाको नयाँ गित “पियाच्वने” को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली कला संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्दै नेपाल भाषाको गित “पियाच्वने” नेपाली सांगीतिक बजारमा आएको हो।
शब्द तथा संगीत ज्ञानु मुनि शाक्यको रहेको गीतलाई फिरोज बज्राचार्यले स्टुडियो संगीत भरेका छन्। छायाँकार अभिषेक शाक्यले छायांकन गरेको म्युजिक भिडियोलाइ राजिप बज्राचार्यले कोरियोग्राफी गरेका हुन् भने बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्।
सार्बजनिक भिडियोमा सरिता बज्राचार्य, रिकेश कस्ती, सुमन बज्राचार्य, मन्जिल शाक्य, सुजित नापित, जेनेन राज शाक्य, कृष्ण महर्जन, हस्ना महर्जन, रुक्सना महर्जन र रेजिना बज्राचार्यलाइ फिचर्ड गरिएको छ। त्यसैगरी भिडियोलाइ बिजन राज शाक्यको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस :
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend