logo
  • सोमबार, असोज १२ २०८३

बुकी चलचित्र निर्माणपछिको आम्दानी पर्यटन पूर्वाधारमा खर्च गरिने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कौरव खत्री, गुल्मी असोज २५ ।
बागलुङ जिल्लाको चलचित्र बुकिको निर्माण अभियानलाई तीव्र दिएको छ । जिल्लाको पर्यटकीय गन्तव्य, धार्मिक स्थल,साँस्कृतिक पक्ष लगायतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ ।
हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लिको व्यवस्थापनमा चलचित्र निर्माण गर्न लागिएको हो । निर्माण संयोजक राजन केसी मोहनले भने ,‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकी निर्माणको अभियान थालेका छौ भन्दै जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन हामी सफल हुने छौ । पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए ।

‘अहिले चलचित्रको कथावस्तुको काम सकिएको छ, हामीले सामाजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालिको छ,’ उनले भने जिल्लाका स्थानीय तह,संघ संस्था, प्रवासी तथा स्थानीय नागरिकसँगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापाले जानकारी दिए ।

गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्यव्य पोखरामा आउने पर्यटकलाई भित्राउन समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने थापाको दावी छ । चलचित्र व्यावसायिक नभइ सामाजिक अभियान मार्फत गर्न लागेको आर्थिक संयोजक प्रकाश आलेको भनाइ छ । दुई बर्षदेखि अभियान सुरु गरेको र कथाबस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनले बताए । ‘कोरोना महामरीले पनि हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’उनले भने स्वदेश तथा विदेशमा रहेका बागलुङवासीले साथ र हौसला समेत दिएको आर्थिक संयोजक आलेले बताए ।

चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्ला सबै स्थानीय तहमा सांगीतिक कार्यक्रम समेत गरिने उनले बताए । कोरोना महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भनेपनि गर्न नसकेको आलेको भनाइ छ । सामाजिक अभियान मार्फत निर्माण हुने चलचित्र बुकि को नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकी फुलको नामबाट गरिएको निर्माण समितिले जनाएको छ ।

चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने निर्माण समितिले जनाएको छ । चलचित्र निर्माणको लागि १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । निर्माण सम्पन्नपछि हुने आम्दानीलाई पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend