logo
  • शुक्रबार, असोज ९ २०८३

आफू एक्टिङ सिकेको ठाउँ पुगेर जब विपिन कार्की भावुक भए…(भिडियोसहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं असोज २४ ।

‘यदि गुरुकुल थिएटर हुँदैन थियो भने सायद म यतिखेर कलाकारिता क्षेत्रमा हुँदिन थिए होला,’ मैतिदेवी, पुरानोबानेश्वरस्थित अहिले केही अवशेषमात्रै बाँकी रहेको पुरानो गुरुकुल थिएटर पुग्दा अभिनेता विपिन कार्की अहिले पनि ‘नोस्टाल्जिक’ हुन्छन् । शुक्रबारबाट प्रसारण सुरु भएको सूत्र मिडिया प्रा. लिको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया : एक मान्छे एक इतिहास’मा पनि यस्तै दृश्य देख्न सकिन्छ । पुरानो गुरुकुल पुगेर विपिनले भावुक हुँदै आफ्नो फिल्म यात्रासम्मको कथा सुनाएका छन् । यो कार्यक्रममा अनिल यादवको कन्सेप्ट तथा प्रस्तुति रहेको छ । हरेक साताको शुक्रबार यो कार्यक्रमको फम्र्याटअनुसार विभिन्न क्षेत्रका सेलिब्रेटीहरुसँग उनीहरुका विगतबारे विल्कुलै अनौपचारिक शैलीमा कुराकानी हुने बताइएको छ ।

‘कार्यक्रममार्फत उनीहरुका जीवनका मिठास–तित्तता, पुर्णता–रित्तता, मुस्कान–उदासी, गाली–स्याबासी, मिलन–विछोड, घटाउ–जोड, बाल्यकाल, संघर्ष आदि देखाउने प्रयत्न हुनेछ,’ कार्यक्रमका प्रस्तोता अनिल यादवले भने । विपिन कसरी भावुक भए त, बाँकी कार्यक्रममै हेर्नुस् :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend