साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज २२ ।
गुल्मी सदरमुकाम तम्घासबाट दुरीको हिसाबले अत्यन्तै टाढा पर्ने साविकको गाविस मध्ये एक “अग्लुङ्ग” पनि हो ।
विगत १० महिना देखि सो ठाउँमा गाडी सञ्चालन तथा आवतजावत ठप्प भएको थियो । सोही साविकको गाविसलाई अहिले मदाने गाउँपालिका १ अग्लुङ्ग भनेर पनि चिन्न सकिन्छ । जब वर्षा सुरु हुन्छ तब त्यहाँका जनताहरू सदरमुकाम तम्घास जान ३/४ घण्टा रातिको पैदल यात्रा गरि बल्ल गाडी सञ्चालन हुने स्थानमा आउने समस्याको अझै अन्त्य भएको छैन । स्थानीय तह बनेको पनि ३ बर्ष भन्दा बढि समय भइसकेको छ । स्थानीय जनप्रतिनिधिहरु जनताका सेवक वा जनतालाई पिटि खेलाईरहेका हुन सोच्न पर्ने गम्भीर प्रश्न उठेको छ । मदाने गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का भन्नु हुन्छ, वडा नम्बर १ अग्लुङ्ग प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको सिमाना पर्ने भएको अथवा कोराना भाइरसको डर संगै बर्षाको सिजन भएकोले बाटोमा पनि समस्या देखिएको बताउनु भयो । यदि बाटो नै बिग्रिएको हो भने करिब १५ दिन अगाडी बाट नै अर्घाखाँचीको सन्धिखर्क बाट सञ्चालित जिप निरन्तर अग्लुङ्ग फेदी पुगिरहेको छ । यसमा मुख्य समस्या भनेको स्थानीय तहको नै रहेको देखिन्छ ।
गुल्मीको मदाने गाउँपालिका ५ मलागिरी घर भै विगत केहि वर्ष अगाडि तम्घासको साहुटोलमा दिपक गेस्ट हाउस सोही नामक होटल सञ्चालन गर्दै आउनु भएका प्रेम खड्काको विशेष पहलमा आज देखि निरन्तर सञ्चालनमा आएका छन् । उहाँ एउटा होटल मालिक मात्र हो, कुनै जनप्रतिनिधि होईन तर जनताले दुःख पाउनु हुन्न भन्ने उहाँको मनसाय रहेको छ । उहाँ भन्नुहुन्छ मेरो अग्लुङ्ग संग त्यस्तो कुनै नाता त छैन् र पनि आज देखि मेरै अनुरोध तथा विशेष पहलमा अग्लुङ्ग फेदी पुन गाडी पठाउन सकेकोमा खुसी ब्यक्त गर्दछु । गाडी नम्बर 1869 र 6105 नम्बरका गाडी आजदेखि आलोपालो तरिकाले सञ्चालनमा आएका हुन् । खड्का भन्नु हुन्छ, गाउँपालिका र वडाहरुले किन जनताको समस्या बुझ्न चाहँदैनन् । यस प्रति चासो राख्न खड्काले दबाब समेत दिनुभएको छ ।
यता आज मात्र अग्लुङ्ग फेदी पुग्नु भएका 1869 नम्बरका गाडी चालक डाल बहादुर कुँवर अग्लुङ्ग फेदी करिब १० महिनाको अन्तराल पछि आउन पाउँदा खुशी भएको बताए । न त यातायात व्यवसाय समितिले जा भन्छ, नत स्थानीय तहले आ भन्छ त्यही पनि हामी दुई वटा गाडी मिलेर केहि व्यक्तिको पहलमा अग्लुङ्ग पुगेको बताए । कोरोना भाइरसको कारणले गाडी चालकहरूले पैसा उठाउन मौका छोपे पनि आफू पहिले जति भाडा थियो त्यसैमा ल्याउने लैजाने बताएका छन् । जनता आफै यति बेला पैसाको समस्यामा छन् हामी त्यसमा थप साथ दिन्छौ उनी बताउँछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend