साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज २२ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।
यो सँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend