logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको मुसिकोटमा पूर्वाधार निर्माणको लागि जग्गा छनौट समितिको गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी असोज २१ ।
गुल्मीको मुसिकोट नगरपालिकामा प्रशासनिक भवन लगाएतका पूर्वाधार निर्माणको लागि जग्गा व्यवस्थापन गर्न एक समितिको गठन गरिएको छ। बुधवार नगरपालिकाको सभाहलमा भएको सर्वपक्षिय, सर्वदलिय भेलाले नगरपालिकाको लागि आवश्यक प्रशासनिक भवन, सभाहल, अस्पताल, कवर्डहल लगाएत संरचना निर्माण गर्न जग्गा छनौट तथा सिफारिस समितिको गठन गरेको हो ।

वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेको संयोजकत्वमा गठित समितिमा कृष्णहरी सापकोटा, महेश जिसि, भुवन केसि, अग्निधर लोहनी, हरिहर सापकोटा, कृष्ण प्रसाद सापकोटा र सदस्य सचिवमा अनन्तलाल भण्डारी रहनुभएको छ।

सो भेलामा नगरप्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डार, नेपाल कम्युनिष्ट पार्टी मुसिकोटका इन्चार्ज जिवन खरेल, अध्यक्ष खुम बहादुर थापा, नेपाली काग्रेस मुसिकोटका सभापति सुदर्शन शाक्य, वडाध्यक्षहरु, रुद्रावति वहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष अग्निधर लोहनी, क्याम्पस प्रमुख रामु तिवारी, समाजसेवी कृष्णहरी सापकोटा लगाएतको सहभागिता रहेको थियो ।

सोहि भेलामा विद्युतिय माध्यम जुम मार्फत डा. तारा सापकोटा, डा. ज्ञान बहादुर थापा, डा. जिवलाल सापकोटा, डा. बुद्ध थापाको समेत सहभागिता रहेको थियो। विज्ञहरुले आफ्नो रायसुझाव दिनुभएको थियो। नगरपालिकाले यस वर्ष नै प्रशासनिक भवन लगाएतका संरचना निर्माण सुरु गर्ने योजना रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend