साझा नेटवर्क
यमलाल भुसाल, बुटवल असोज २१ ।
कोरोना भाईरसवाट संक्रमित पछि निको हुनु भएका रुपन्देहीका भट्टराई दम्पतीले बुटवलको धागो कारखानाको आईसियुमा उपचाररत विरामीलाई प्लाज्मा रगत प्रदान गर्नु भएको छ । औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सामाजिक अभियान्ता तथा युवा व्यवसायी सुरज भट्टराईको परिवारले बुधवार प्लाज्माका लागि रगत दान गर्नु भएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका कोषाध्यक्ष दीपक अधिकारीले बताउनु भयो ।

सुरजकी धर्मपत्नी पुष्पाले पहिलो पटक रक्तदान गर्नु भएकोमा पहिलो पटकनै कोरोना संक्रमितका लागि रगत दान गर्नु भएको हो । भट्टराई दम्पतीले ओ पोजेटिभ र बी पोजेटिभ रगत दान गर्नु भएको हो ।
उहाँहरु दुवैजना केही दिन अघिमात्र कोरोना संक्रमितवाट मुक्त हुनु भएको हो । कोरोना संक्रमितवाट निको भएकाहरुवाट लिईएको रगतवाट कोरोना संक्रमितलाई प्लाज्मा चढाउदाँ प्रभावकारी हुने भएकाले नै यो अभिायानमा संक्रमणवाट निको भएकाहरुले मानविय सेवालाई ख्याल गर्न जरुरी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend