साझा नेटवर्क
सृजना आचार्य,कपिलवस्तु असोज २१ ।
विगत २४ दिन देखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा कपिलवस्तु जिल्लाका डा.केसी समर्थन युवाहरुले असोज १२ गते देखि रिले अनशन, धर्ना र हस्ताक्षर संकलन अभियान सञ्चालन गरेर डा.गोविन्द केसीका मागप्रति एक्यवद्धता जनाएका थिए ।
उक्त संकलित हस्ताक्षर मिति २०७७/0६/२१ गते बुधबारका दिन जिल्ला प्रशासन कार्यालय तौलिहवा मार्फत प्रधानमन्त्रीलाई पठाएको व्यवोहरा कार्यक्रम संयोजक दिवश पौडेलले जानकारी दिनु भएको छ।
संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै हस्ताक्षर अभियान यहि रोके पनि डा.गोविन्द केसीका माग सम्बोधन नभएसम्म आफुहरु निरन्तर अनशन र धर्ना बसेर सरकारलाई दबाब दिइरहने कुरा कार्यक्रम विवेक पौडेलले जानकारी गराउनु भएको छ।
कार्यक्रममा शक्ति सिङ ठकुरी, चन्द्रकान्त पोख्रेल, लक्ष्मी कुवर , असलम चौधरी, सुभद्रा पोख्रेल, मञ्जु थापा असीम भट्टराई, भीम पौडेल , कोपिला भट्टराई , मधु भुषाल , माधव आचार्य, विवेक पौडेल लगाएतका युवाको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमा एच.एफ.एच.का अध्यक्ष निर्मल शर्माले आम सर्वसाधारणको सहज पहुँचमा स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्यले ज्यान जोखिममा राखी अनशन बसेका डा.केसीका मागहरु सम्बोधन गर्न सरकारले पटक पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको भन्दै यथाशीघ्र कार्यन्वयन गर्न भने यदि नगरेको खण्डमा सडकमा आउने र आन्दोलन गर्ने जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend