logo
  • शुक्रबार, असोज ९ २०८३

राप्रपा संयुक्तलाई निर्वाचन आयोगद्वारा वैधानिकता प्रदान,चुनाव चिन्ह हलो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं असोज २१ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकीकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताएका छन् । एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् ।

राप्रपामा थापासहित पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी समेत अध्यक्ष रहेका छन् । आयोगले आजै राप्रपालाई वैधानिकता दिएको हो ।-रातोपाती

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend