logo
  • सोमबार, असोज १२ २०८३

हास्यकलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं असोज २० ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापकरुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा अवलम्बन गर्नुहुन अनुरोध छ,’ हरिवंशले फेसबुकमा लेखेका छन् ।

उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend