साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु असोज १८ ।
प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले राँके जुलुस तथा प्रदर्शन गरेका छन् ।

बुटवलमा आन्दोलन र दाङमा दीप प्रज्वलन भइरहदा बिचको जिल्ला कपिलवस्तुमा भने राजधानीको माग गर्दै प्रदर्शन भएको छ ।
आईतबार साँझ बाणगंगा नगरपालिका-८ बोडगाउँमा भएको राँके जुलुसमा करिब २ सय युवाहरु सहभागी भएका थिए ।
राके जुलुस वाणगंगा-८ बोडगाउँबाट शुरु भएर चप्पर गाउँसम्म पुगेको सहभगी युवा विवेक पौडेलले साझानेटवर्कलाई जानकारी गराए ।

कार्यक्रममा बोल्दै युवा नेता टीआर पाण्डेले प्राचीन कालमा सुद्दोधन राजा हुँदा पनि लुम्बिनीको राजधानी कपिलवस्तु भएको र आहिले पनि कपिलवस्तु बुद्धको अस्तित्त्व जोगाउन भएपनि राजधानी हुनुपर्ने विचार राखे ।
कार्यक्रममा बोल्दै वाणगंगा क्याम्पसका स्ववियु सभापति, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, काँग्रेस नेता ढोलक राम घिमिरेलगायतले कपिलवस्तुका जनप्रतिनिधिको आलोचना गर्दै जिल्ला प्रति उत्तरदायी नभएको आरोप लगाएका थिए ।
दाङ र बुटवलको लड़ाईको अन्त्य नै कपिलवस्तुलाई राजधानी बनाउनु हो माग माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी युवा अभियन्ता विशाल अधिकारी ले दिए र साथ साथै अधिकारी ले आयोजक का तर्फ बाट सम्पूर्ण सहयोगी हरु लाई धन्यवाद प्रकट गरे।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend