logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असोज १९ ।
गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको आफनै छोरा २६ वर्षका अनिल बस्नेतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

आइतवार साँझ घरमै भित्र कुटपिट घाइते भएका दिलबहादुरलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा गएराती बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ । घाइते अबस्थामा रहेका उनलाई गुल्मी अस्पतालहुँदै पाल्पा प्रवास अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि बुटवलको प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा तत्काल इस्मा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीको कमाण्डमा ३ जनाको टोलीले घाईतेको मुख र छातीमा भित्री चोट लागेको अवस्था उद्धार गरेका थिए । कुटपिट गर्ने ब्यक्ति फरार रहेको र खोजीकार्य भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए । के कारण कुटपिट भएको हो भन्ने बारेमा पनि कुनै कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend