logo
  • सोमबार, असोज १२ २०८३

मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

सागर भण्डारी, गुल्मी असोज १९ ।गुल्मीको मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ।सक्रंमित सबै समुदायस्तरका रहेका छन् । नगरपालिकाका एक वडाध्यक्ष,एक कार्यपालिका सदस्य र अन्य स्थानीय गरी ११ जनमा सक्रंमण पुष्टि भएको प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।सक्रंमितहरु वडा नं १,३ र ४ नं वडाका रहेका छन् ।

कोभिड १९ परिक्षण प्रयोगशाला तम्घासमा गरिएको परिक्षणमा उनीहरुको रिपोट पोजेटिभ आएको र सबै अहिले होम आईसुलेसनमा रहनुभएको भण्डारीले जानकारी दिनुभयो ।केही समय अगाडि नगरपालिकामा कार्यरत १० जना कर्मचारी सहित १७ जनामा सक्रमण पुष्टि भएको थियो । अहिले उहाँहरु सबै निको भएर दैनिकीमा फर्किसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend