साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु असोज १८ ।
प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरे लगत्तै बहादुरगंजमा विरोध प्रदर्शन सुरु भएको छ ।
बहादुरगंजमा प्रदर्शनकारीहरुले सरकार विरुद्ध नाराबाजी सहित टायर वालेर प्रर्दशन गरेका छन । कपिलवस्तुका ठाउँ-ठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएको छ । प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे लगत्तै विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् ।

उनीहरुले प्रदेश ५ को राजधानी कपिलवस्तु नै बनाउनु पर्छ र यदि सरकारले प्रदेश ५ को राजधानी कपिलवस्तु जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend