logo
  • सोमबार, असोज १२ २०८३

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी असोज १६ ।

विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो । तर उनीहरुसँगबाट प्रति ट्याक्टर एक हजार पाचँ सयका दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको थियो । स्थानीयले कर्मचारी र ठेकेदारको मिलेमतोमा रकम उठाएको आरोप लगाएपनि रकम भने ठेकेदारले नै लगेको खुलेको छ ।

सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका संचालक गिरिधरी चौधरीले ३४ जना किसानहरुबाट प्रति किसान एक हजार पाचँ सयका दरले कुल ५१ हजार गैरकानुनी ढङ्गबाट उठाएका थिए । त्यसरी उठाएको रकमको कुनै रसिद समेत नदिदा स्थानीयले कमिसनको आशङ्का गरी न्यायका लागि संचार माध्यमको सहयोग लिएका थिए । त्यसपछि विभिन्न राष्ट्रिय तथा स्थानीय संचार माध्यममा ‘अनुदानको ट्याक्टरमा रकम उठाउदैं ठेकेदार’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफुले लिएको ५१ हजार जम्मा गरिदिएको गाउँपालिकाका सुचना अधिकारी इश्वरी न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको खातामा जम्मा भएको रकम गाउँकार्यपालिकाको बैठकले निर्णयले मात्र किसानहरुलाई दिन मिल्छ । जसले गर्दा शुक्रबार नै कार्यपालिकाको बैठक बस्ने र आइतबारसम्म सबै किसानहरुलाई रकम फिर्ता गर्ने गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले जानकारी दिए । त्यसका साथै उनले समाचार सम्पे्रषण गर्ने सबैलाई धन्यवाद् दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend