साझा नेटवर्क
-किरण अधिकारी ।
समय सधै एकनासमा कहिले पनि चल्दैन जिवनमा धेरै किसिमका उतारचढाव संग सामाना गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। जति हामीले सोचेका हुन्छौं त्यो भन्दा निकै भिन्न तबरबाट जिन्दगी अगाडी बढिरहेको हुन्छ । यसलाई हामी अंगाल्नै पर्ने हुन्छ । हिजो के थियो हाम्रो जिवनमा आज के छ त्यो भोली पक्कै पनि हुदैन । हिजोको महत्व हिजै थियो आजको महत्व आजै छ र भोलिको महत्व भोलि नै हुनेछ । जुन कुरा हामी हिजै गर्नुपर्ने थियो त्यो आज गर्दा त सायद त्यसको महत्व कम हुन्छ ।

सहि समयमा सहि निर्णय लिएर अगाडि बढ्न नसक्ने कारणले गर्दा आजको समयमा धेरै मानिसहरू अन्योलता छाइरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकांश मानिसहरूमा हरेक किसिमका अन्योलताले जरो गाडेको छ । आम नागरिकहरुमा भबिष्यको चिन्ता छ कसरी भबिष्य सुरक्षित बनाउन सकिन्छ।
कस्तो किसिमको जागिर खाएर हुन्छ या व्यापार “बिजनेस” गरेर हुन्छ या विदेशी नागरिकता लिएर विदेशमा नै पलाएन भएर हुन्छ । राजनीतिक कर्मीहरुलाई पनि अनेकौ अन्योलता छन भोली हाम्रो सत्ता आउने हो या होइन भोली हामी नेतृत्व तहमा पुगेर शासन सत्ता आफ्नो हातमा ल्याउन सकिएला या नसकिदैन भन्ने नेताहरु भोली चुनाव जितिएला या हारियला भोली मन्त्री कसरी हुन सकिएला भन्ने ।
भष्ट्रचारी माफियाहरूलाई भोली पनि आज जस्तै देश लुट्न पाइएला त या भोली जेलको कालकोठरीमा जिन्दगी कटाउनु पर्ने त हैन भन्ने अन्योलता तिनिहरूमा पनि गालेको देखिन्छ । बिधार्थी जिवनमामा अन्योलता अझ धेरै भएको देखाएको हुन्छ बिभिन्न अध्ययन हरूलाई हेर्ने हो भने । यो देशको गलत राजनीति प्रबृत्ति गर्दा धेरै यसको ठुलो असर युवा पुस्तालाई पर्न आएको देखिन्छ। पढेर के हुन्छ भन्ने सबाल उठिरहेको छ जति धेरै पढेपनि आखिरमा नेपालमा जिबिकोपार्जन गर्ने कठिन भएपछि ।
सानो जागिर खानको लागि पौच हुनुपर्ने र नेताहरुले भन्सुन गरिदिनु पर्ने । देशमा प्रयाप्त रोजगारीका बाटाहरू नभएपछि जताततै हुनेखाने हरूको बर्चस्व, नातावाद कृपावाद हाबी भएपछि । आखिर पढेर के हुन्छ भन्ने किसिमका बितृष्णाहरू युवाहरुमा आएको देखिन्छ । दिनानुदिन बढ्दै गएको बेरोजगारीले गर्दा आज युवा पुस्तामा पढ्ने होकी या परिवार र आफ्नो भबिस्य बनाउन मुग्लान पस्ने हो अन्यौलता छाएको छ।
देशमा जति पढेपनि बेरोजगारी बस्न पर्ने औसत युवा बाहेक अधिकांश युवा पुस्ताको दिमागमा त्यस किसिमको हुटहुटी चलिरहेको देखिन्छ। यसलाई निराकारण गर्ने असल भिजन भएको राजनितिक नेतृत्व सुसासन समतामूलक समाज नै हो । तर आजको दिनसम्म बिडम्बना भन्नु बाहेक बिकल्प छैन । मानिसको जुन सुकै उमेर अबस्था अन्योलता हाबि भएकै हुन्छ । युवा अवस्था देखी बृद्धा अबस्था सम्म । हरेक उमेर समुहमा देखिने गर्दछ। युवा हुदै गर्दा जिवनलाई कसरी कुन तरिकाले अगाडि बढाउने हो।
के गरे सही साबित हुने के गरे गलत हुने र सानो गल्तीले जिन्दगीमा कहिले माथी उठ्न नसकी सधै पिडा र दलदलमा फस्नु पर्ने त हैन। निकै धेरै चिन्ता को विषय यो अबस्थामा झेल्नु पर्ने हुन्छ । सबैका बिचार र अभिव्यक्तिलाई पनि आत्मसात गर्नुपर्ने हुन्छ । सहि र गलत छुट्याउन निकै कठिन हुन्छ । यो हरेक क्षेत्रमा लागु हुन्छ नै अध्ययनको सिलसिला देखि जागिर र सामाजिक कार्य परिवारिक जिम्मेवारी लिनेक्रममा किन नहोस् हर समय र क्षेत्रमा अन्योलता हाबि भएकै देखिन्छ ।
जिन्दगी कै ठुलो अन्योलता त यती बेला आउँदो रहेछ जब बैबाहिक जीवनको शुरुवात गर्ने समय आउँछ। बिहे कुरामा धेरै किसिमका अन्योलता सिर्जना हुँदा रहेछन् केटा वा केटी दुबैलाई लागु हुने कुरा कस्तो जिवन साथीलाई अपनाउने हो कस्तो संग बिहे गर्यौं सुख मिल्नेछ भबिस्य कसरी राम्रो हुन्छ यस्तै किसिमका सोचले पिरलि रहेको नै हुन्छ। केटीको हकमा भन्नुपर्दा अहिलेको समयमा यि कुराहरु लागु हुँदा रहेछन्।
केटोले कति पैसा कमाउँछ शहरमा घर घडेरी जोडेको छ कि छैन सरकारी जागिरे होकी विदेशी पिआर धारी हो जापान अमेरिका गएको होकी के हो।र अनि बल्ल केटो कस्तो छ। भन्ने कुरा आउँदो रहेछ जागिर भनेको जस्तो टन्न पैसा कमाउने पिआर वाला भेटिन्छन्। तब अपवाद बाहेक कसैले पनि केटो को आचरण कस्तो छ बुझ्नै चाहदैनन।चाहे जतिसुकै गलत प्रवृत्ति को मान्छे हेर्दैनन् र कतै माया मा फसेका रहेछन् कसैलाई साथ दिन्छु भनेर मन मुटु साटेको भएपनि चटक्कै माया मारेर जान्छन। धेरै हदसम्म आजको स्थितिमा पैसा शक्तिको सामु चोखो माया सायदै अस्तित्व छैन।
त्यसैले अबिबाहित केटाहरुलाई यस किसिमको अन्योलता सताएको हुन्छ । यस्तै किसिमको तनावमा लागिराखेका देखिन्छन खासगरी केटाहरु। तर केटीहरु पनि यसको सिकार भएका छन तर धेरै हदसम्म केटाहरु पिडित छन् । जब मोड भेटिदैन साथमा हुन्छन मोड भेटीयौ की काहाँ जान्छन् थाहा हुदैन । अनि भन्छन् म परिवारको खिलाफ जान सक्दिन भन्दै नाटक मन्चन गर्दछन् । जिन्दगी बिताउने सपना बोकेर हिँडेकाहरू अन्योलता त्यस्तो जन्जिरमा फस्छन ।
त्यसबाट माथि उठेर अगाडि बढ्न सायदै कठिन हुन्छ । त्यसैले मलाई लाग्छ जिन्दगीको हरेक यात्रामा हरेक क्षणमा अन्योलताले पक्षाई रहेको नै हुन्छ । र यसलाई हामीले जबसम्म तुलनात्मक रुपमा यसलाई अंगाल्न सकिदैन जिन्दगी सायद् जिन्दगी जस्तो हुदैन । केही गर्नु छ अगाडि बढ्नु छ सफल हुनु छ भने तुलनात्मक रूपमा कुन चिज हाम्रो जिन्दगीमा उपयुक्त छ । त्यसलाई निर्कोल गरेर मात्र अगाडी बढियो भने केही हदसम्म भएपनि जिवनमा खुशी र उमङ्ग आउन सक्छ ।
बितेका कुराबाट पाठ सिकेर आउने समयमा त्यस अनुसार योजना बनाउन लागियो भने । पक्कै अन्यौलताई छिचोल्दै निरन्तर रुपमा अगाडि बढ्न सक्ने हिम्मत आट साहस उत्पन्न हुन्छ । जबसम्म आत्मबिश्वास कम हुँदै जान्छ तबसम्म यो डर भए र अन्यौलता तपाईको वरिपरि घुमिरहेका हुन्छन् । जिवनको हरेक कठिन यात्रामा पाइला पाइलामा जो लडेको छ, उहि नै उठ्न जानेको हुन्छ । जो मैदानमा उत्रिएर पनि सङ्घर्ष गर्दागर्दै पनि हारलाई स्विकार्न सक्छ महान उही नै हुन्छ ।
जिन्दगी मा हरेक पटक जितले मात्र मायन राख्दैन हार बाट मानिसले धेरै कुरा सिकेको हुन्छ। जब सम्म हामी असफलता लाई हामी अंगाल्न सक्ने सामर्थ्य विकास गर्दैन तबसम्म अन्यौलतामा फसिरहेका हुन्छौं। प्रत्येक सफल व्यक्तिहरू जिवनिलाई अध्ययन गर्न हो भने उनिहरु पनि पटक पटक असफल भएकै देखिन्छ।
जो आज सफल छन तिनीहरूले हारलाई सजिलै स्विकार नसके र आज सफल भएका हुन । जिन्दगीमा असफलताले हरेक व्यक्तिलाई पछ्याएको हुन्छ । जबसम्म अन्यौलतालाई चिरेर दृढ लक्ष्य विश्वास साथ अगाडी बढ्न सकिदैन तबसम्म अन्यौलतामा फसिरहेका हुन्छौं । जो लडेर पनि हार मान्दैन दृढ विश्वास जसमा छ, जस्ले असफलता लाई सजिलै स्विकार्न सक्छ आखिर उही नै सफल हुन्छ ।
बिच बिचमा आउने उतारचढाव हरू अन्यौलता सिर्जना गर्न माध्यम बनेर आएका हुन्छन् । तिनिहरू हामीहरू आफै निराकरण गर्द अगाडि बढ्नु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ भुतलाई सम्झिएर भविष्यलाई अन्यौलतामा नराखौं । नयाँ सोच नयाँ उर्जा र उच्च मनोवलका साथ अगाडी बढ्औ भने मात्र अन्यौलतालाई चिर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend