साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग असोज १४ ।
मालिका नौमति बाजा समुह र स्कट नेपाल क्लव, एडिनवर्ग, बेलायत (युके)को पहल र सहयोगमा संकलित राहत रकम बुधवार एक कार्यक्रमका विच ढोरपाटनका वाढि पिडितहरुको लागि हस्तान्तरण गरिएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ९ को कार्यालय बोवाङको रोहवरमा अभिभावक गुमाएका नावालक मिना र सुस्मीता विकको लागि ४० हजार, महेश विक, जिवन विक, विशाल घर्तिको लागि जनहि ३०÷३० हजार तथा मृतकका १८ परिवारको लागि प्रति परिवार १३ हजार र बडिगाड गाउँपालिका वडा नं. २ को रोहवरमा राक्सेका पहिरो पिडित ४ परिवारको लागि ३८ हजार गरि कुल ४ लाख २ हजार रकम हस्तान्तरण गरिएको हो।
सो रकम हस्तान्तरण कार्यक्रममा सहयोगी संस्थाको परिचय दिँदै, संस्थाका प्रतिनिधि दिन बहादुर केसि (विष्णु) ले स्कट नेपाल क्लवका अध्यक्ष धन बहादुर केसि, सचिव प्रवेश केसि तथा मालिका नौमति बाजा समुहका संयोजक शेर बहादुर केसिले पठाएको सन्देश प्रस्तुत गर्नुभएको थियो भने पत्रकार कमल पौडेलले सो राहत संकलन अभियानमा जोडिने संस्था सहित ६२ जनाको नाम र रकम बाचन गरि जानकारी दिनुभएको थियो।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरि घर्तिले सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गर्दै सो रकमको सदुपयोग हुने बताउनु भएको थियो। कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचन, समाजसेवि अग्निधर अर्याल, विरेन्द्र केसि लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय खेलाडि प्रतिक घर्ति मगरले गर्नुभएको थियो।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend