logo
  • शुक्रबार, असोज ९ २०८३

गित संगीत मेरो प्राण हो, मेरो रगतमा छ : गीतकार हरि उप्रेती


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ ।
अमेरिकाको ओहायो राज्यमा बिगत एक दशक देखि बसोबास गर्दै आएका बरिष्ट गीतकार, कबि तथा साहित्यकार हरि उप्रेती मोफसल बाट चम्किएका गीतकारको रुपमा परिचित छन् । नेपालको झापा हुँदै अमेरिका पुगेर गित संगीत तथा साहित्यका छुट्टै पहिचान बनाउन सफल उनि गीति साहित्यका धरोहरका रुपमा चर्चामा छन्। करिब एक दशक देखि गित गजल तथा कबिता लेखनमा सक्रिय गीतकार हरि उप्रेतीले दर्जनौ चर्चित गीतहरुमा जादुमय शब्द भरि सकेका छन्।

उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज भरिसकेका छन् भने सुप्रशिद्द संगीतकारहरुले मिठो संगीतका धुनहरु सिर्जना गरिसकेका छन् । गीतकार उप्रेतीले विभिन्न ७ वटा उत्कृष्ट गीतकारका अवार्ड समेत हात पारिसकेका छन् । आधुनिक, पप, लोक, चलचित्रका गित तथा भजन समेत लेख्नमा पोख्त गीतकार उप्रेतीले १२ वटा नेपाली चलचित्रका गीतहरुमा शब्द कोरिसकेका छन्। मुक्तक, गजल र कविताको संग्रहित अडियो बुक “मनका तरेलीहरू” समेत प्रकाशित गरिसकेका उनले चलचित्र तथा डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् ।

२०३४ सालमा जन्मिएका बरिष्ट गीतकार हरि उप्रेतीले औपचारिक शिक्षा एम एड, एम ए हासिल गरेका छन्। उनको पहिलो कृति गीति एल्बम “करूणा” मार्फत सांगीतिक आकाशमा उदाएका उप्रेती बहुप्रतीभाका धनि हुन्। गीतसंगीत, साहित्यको अलावा समाजसेवामा पनि उत्तिकै सक्रिय उप्रेतीले सयौं पिडितहरुलाई सेवा गर्दै आएका छन् । नेपाली कला संस्कृति, भेष भुषा, रहन सहनलाइ अतिनै माया गर्ने गीतकार उप्रेती अहिले गित संगीत तथा साहित्यको माध्यम बाट नेपाली कला संस्कृतिलाइ जगेर्ना गर्न लागि परेका छन्।

सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबका बरिष्ट गीतकार हरि उप्रेतीलाइ एक बहु आयामिक प्रतिभाशाली, भर्सलटाइल गीतकार भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित लेख्न सक्ने क्षमता पनि छ। त्यसैले त उनि भन्छन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ।

गीतकार उप्रेती भन्छन नेपालि संगीत भनेको हाम्रो सम्पति हो संस्कृति हो, त्यसैले हामीले यसलाई संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गित संगीतको स्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो। दोस्रो गीति एल्बम करूणा-२ चाडैंनै नेपाली सांगीतिक बजारमा पस्किन लागेका गीतकार उप्रेतीलाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend