logo
  • सोमबार, असोज १२ २०८३

पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं असोज १२ ।

सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । यस दिन १० हजार ८० जनाकाे पिसिआर परीक्षण भएकाे छ ।

सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend