logo
  • सोमबार, असोज १२ २०८३

नवप्रतिभा वचत तथा ऋण सहकारीले २४ औं वार्षिकोत्सव मनायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

कमल पौडेल

११ असोज,खर्वाङ,नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङले २४ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सञ्चालक समिति, लेखा समिति एवं विभिन्न उपसमितिहरुको संयुक्त अन्तरक्रियामा लेखा समिति संयोजक नरिश्वर खरेल, पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद खरेल, विष्णु प्रसाद खरेल, अनुगमन उपसमितिका संयोजक शिवलाल वन, शिक्षा उपसमितिका संयोजक कमल पौडेल लगाएतले वर्तमान अवस्थामा सहकारीको भूमिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रम अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता तथा सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो। २०५४ सालमा स्थापना भएको यस क्षेत्रकै पुराना सहकारीको रुपमा स्थापित नव प्रतिभा वचत तथा ऋण सहकारीले हाल १७ करोड वढिको कारोवार गर्दै आएको छ। बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका लगाएतका क्षेत्रमा सेवा विस्तार गरेको सहकारीका २ हजार बढि सदस्य रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend