logo
  • शुक्रबार, असोज ९ २०८३

पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कविता घर्ती मगर, पोखरा भदौ १।
पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी पुर्व पत्नीको हत्या गरेपछि आफु विष सेवन गरि घाईते भएका छन । बुधबार दिऊसो युवतीको कोठामा पुगि युवकले खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

युवतीको हत्या पछि आफुले पनि विष सेवन गरेको प्रहरीेले जानकारी दिएको छ । युवकलाई उपचारका लागि गएको छ भने युवतीको मृत्यु भइ सकेको प्रहरीले जानकारी दिएको । स्थानीयका अनुसार उनीहरु पुर्व पतिपत्नि हुन् । उनीहरुको केही महिना अगाडी डिभोस भएको थियो ।

युवती भाडामा बस्दै आएको कोठामा आएका युवकले कोठा बाहिर ल्याएर युवतीको खुकुरी प्रहार गरि हत्या गरेका थिए । युवती कराएपछि स्थानीयहरु घटनास्थल पुगेका थिए । अहिले प्रहरीले घटनाको अनुसन्धान गरि रहेको उनीहरुको नाम र ठेगना खुल्न बाकि रहेको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend